यौन शिक्षा आजको आवश्यकता

यौन चाहना अर्थात् यौन विकृति भावनालाई व्यवस्थापन गर्न के–कस्ता उपाय अपनाउने जस्ता ज्ञानहरु यौन शिक्षाका माध्यमबाट प्रत्येक व्यक्तिलाई दिन राज्यस्तरबाट नै पहल हुन जरुरी देखिन्छ । यदि समयमै उचित व्यवस्थापन गर्न सकिएन भने झन विकराल रुप लिने अवस्था देखिन्छ ।

यौन आफैमा प्राकृतिक शब्द हो । यौन भन्ने वित्तिकै हामीले मानिस मात्र नभएर यो ब्रमाण्डमा रहेका सम्पूर्ण जिवित प्रणाीमा आउने स्वभाविक आन्तरिक प्रकृया हो भनेर बुझ्न जरुरी हुन्छ । यौन कुनै व्यक्तिले बनाएको कृतिम चिज होइन । यौनिकता प्राकृतिक रुपमा सबैमा समान हुन्छ । कुनै नियम र कानुनले बाँधिएको शब्द होइन । यौनको उत्पति यो ब्रमाण्डमा जतिबेला जिवित प्राणाीको सृष्टि भयो त्यति बेलादेखि नै सृष्टि कर्ताको रुपमा भएको पाईन्छ । यौन (sex) हरेक प्राणीमा सृष्टि कर्ताको रुपमा नभई नहुने अतिआवश्यक कृया हो ।

यो मानवमा मात्र नभएर पशुपन्छी, जिव, जनावर सबैमा आवश्यक हुन्छ । यो प्राकृतिक रुपमा आउने प्रक्रिया भएकाले जिव, जनावर, पशुपन्छीमा कुनै नियम, कानुन निश्चित घेरबन्दी नभई स्वतन्त्र रुमपा आफ्नो मनोरञ्जन लिंदै सृष्टि गरिरहेका हुन्छन् । पशुपन्छीमा कुनै छेकबार, बन्देज नभएकाले आफ्नै सन्तान, बाबु, आमा, दिदी भाइ कोही नभनी स्वतन्त्र रुपमा Sexual आन्नद लिइरहेका हुन्छन् ।

यौन चाहनाकै कारण आज समाजमा विभिन्न खालका दुर्घटना घटेका छन् । एउटी नारी कुनै ठाउँमा सुरक्षित छैन । आफ्नै जन्मदिने बाबुले छोरीलाई बलात्कार गरेका छन् । डर र धम्कीमा आफ्नै बाबुको गर्भधारणा गरी बच्चा जन्माउन बाध्य भई जिवन नर्कमा बिताउन बाध्य छन् । आफ्नै छोराले आमालाई गर्भ बोकाएर त्यो चेलीको जिवन नरकमय भएको
छ । आफ्नै दाजुभाइबाट बालात्कृत हुनु परेको छ । त्यस्तै घनिष्ट साथी भनेर विश्वास गर्दा बलात्कृतको शिकार बन्न पुगेका छन् चेलीहरु ।

मानिस एउटा चेतनशील, विवेकशील तथा प्रणाीहरुमा सर्वश्रेष्ठ प्राणाी भएकाले पशुपन्छीले जस्तो स्वतन्त्र रुपमा यौन चाहना Sexual Intrest पूरा गर्न बर्जित गरिएको छ । निश्चित सीमा, घेरा, दिवालभित्र रहेर यौन चाहना (Sexual Intrest) पूरा गर्नु पर्ने हुन्छ । यौन मनोरञ्जनको साधनका साथै सृष्टि गर्ने एउटा माध्यम पनि हो । यसो भन्दैमा जहाँ जति बेला जोसँग पनि यौन चाहना राख्न हाम्रो पूर्वीय हिन्दु समाजले स्वीकार गर्दैैन ।

आजको २१औं शताब्दीमा आएर हाम्रो नेपाली समाज विदेशी पश्चिमी सभ्यतातिर बढी ढल्किएको देखिन्छ । आज हाम्रो नेपाली समाज पश्चिमी सस्कृतिको प्रभावको कारण दिन-प्रतिदिन विकृति र विसंगति बढ्दै गएको पाइन्छ । समाजमा विभिन्न किसिमका विकृतिले जरो गाड्दै गएको र विभिन्न प्रकारका दुर्घटनाहरु घटीरहेका छन् । समाज आज मानवबाट दानव बन्न प्रेरित भएको छ ।

यौन चाहना अर्थात् (Seuxal Behaviour) आवश्यकताका साथै समान्य रुपमा लिंदा समाजमा धेरै प्रकारका विकृति र विसंगति निम्त्याएको देखिन्छ । यौन चाहनाकै कारण आज समाजमा विभिन्न खालका दुर्घटना घटेका छन् । एउटी नारी कुनै ठाउँमा सुरक्षित छैन । आफ्नै जन्मदिने बाबुले छोरीलाई बलात्कार गरेका छन् । डर र धम्कीमा आफ्नै बाबुको गर्भधारणा गरी बच्चा जन्माउन बाध्य भई जिवन नर्कमा बिताउन बाध्य छन् । आफ्नै छोराले आमालाई गर्भ बोकाएर त्यो चेलीको जिवन नरकमय भएको छ । आफ्नै दाजुभाइबाट बालात्कृत हुनु परेको छ । त्यस्तै घनिष्ट साथी भनेर विश्वास गर्दा बलात्कृतको शिकार बन्न पुगेका छन् चेलीहरु । आज यही यौन विकृत भावना हावी भइदिंदा यस्ता अपराधजन्य घटना घटीरहेको सर्वविदितै छ ।

जबसम्म राज्यस्तरबाट यौन शिक्षालाई उपेक्षाको दृष्टिले हेरिन्छ तबसम्म यस्ता जघन्य अपराध विकृति र विसंगति बढेर जाने अवस्था देखिन्छ । यस्ता समस्याहरु कम गर्नका लागि बालबालिकालाई किशोर–किशोरी अवस्थाबाट नै यौन शिक्षाका माध्यमबाट यौन भनेको के हो ? यौन चाहना हावी हुँदा के-कस्ता समस्या आउँछन् ? कस्ता–कस्ता व्यक्तिसँग यौन कृयाकलाप गर्न हुन्छ ? कस्ता व्यक्तिसँग गर्न हुँदैन ?

आजकोको टोक्नोलोजी जमनामा झन साथी बनाउने बाहनामा आत्मीय सम्बन्ध नजिक हुने र यौन विकृत चाहना बन्नु र मानसिक रुपमा विछित्त भई यौन चाहना रोक्न नसक्दा अनैतिक सम्बन्धका कारण नाजायज बच्चा जन्माएर समाजमा तिरस्कृत र अपहेलित हुने डरले आत्महत्या गरेका घटना दिनप्रतिदिन बढ्दो क्रम
छ । कतिपय अनैतिक सम्बन्धबाट जन्मिएका बच्चा झाडीमा फ्याक्ने, फोहोरमा फ्याक्ने जस्ता घटनाले समाजमा ठूला-ठूला समस्याहरु निम्त्याई रहेको अवस्था छ । आज सृष्टि धान्नको लागि सन्तानको रुपमा छोरी जन्माउन पनि मनकापी रहेको छ, डराई रहेको छ । हाम्रो पृतृसतात्मक देशमा त झन छोरी भएर जन्मनु नै आभिसाप बनेको छ । नारीलाई प्रकृतिले नै कामजोर शारिरीक संरचना र ममतामही दिल दिएको हुँदा हरेक बाहनामा पुरुषले आफ्नो फाइदा उठाउछन् । यौन चाहना मेटाउछन् र दोष जति ति अबला नारीलाई
थोर्पछन् । अनि समाजले त्यही कमजोर नारीलाई कलंकको दर्जा दिन्छन् । त्यसको परिणाम ति महिलाले सहन नसकी मर्न बाध्य हुन्छिन् भने त्यसबाट जन्मिएका बच्चा बेवारिसे भई सडकमा आउने र भोलिका दिनमा ति बच्चा समाजका लागि घातक सिद्ध बन्ने गरेका घटना धेरै छन् ।

 

निचोड :

आजको बदलिदो परिवेशमा यस्तो प्राकृतिक रुपमा आउने यौन मनोबिकृत भावना अर्थात् यौन चाहनालाई व्यवस्थित गर्न बालबालिकालाई बिद्यालयस्तरको प्राथमिक तहदेखि उच्च तहसम्म नै यौन शिक्षालाई अनिवार्य रुपमा अध्ययन गर्नको लागि राज्यस्तरबाट नै यौन तथा स्वास्थ्य शिक्षा समावेश गर्न जरुरी देखिन्छ । जबसम्म राज्यस्तरबाट यौन शिक्षालाई उपेक्षाको दृष्टिले हेरिन्छ तबसम्म यस्ता जघन्य अपराध विकृति र विसंगति बढेर जाने अवस्था देखिन्छ । यस्ता समस्याहरु कम गर्नका लागि बालबालिकालाई किशोर–किशोरी अवस्थाबाट नै यौन शिक्षाका माध्यमबाट यौन भनेको के हो ? यौन चाहना हावी हुँदा के कस्ता समस्या आउँछन् ?  कस्ता–कस्ता व्यक्तिसँग यौन कृयाकलाप गर्न हुन्छ ?  कस्ता व्यक्तिसँग गर्न हुँदैन ? यौन चाहना अर्थात् यौन विकृति भावनालाई व्यवस्थापन गर्न के–कस्ता उपाय अपनाउने ? जस्ता ज्ञानहरु यौन शिक्षाका माध्यमबाट प्रत्येक व्यक्तिलाई शिक्षा दिन राज्यस्तरबाट नै पहल हुन जरुरी देखिन्छ । यदि समयमै उचित व्यवस्थापन गर्न सकिएन भने झन विकराल रुप लिने अवस्था देखिन्छ ।

 

लेखक : त्रिभुवन विश्वबिद्यालयबाट स्वास्थ्य शिक्षा बिषयमा स्नातकोत्तर उपाधि हासिल हुनुहुन्छ ।

हाल : च.न.पा., १२, काठमाण्डौ