भाद्र २५ गतेदेखि निषेधाज्ञा हटाइएन भने व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न नाटाको आग्रह

२२ भाद्र, काठमाडौं । गएको चैत्र ११ गतेदेखि बन्द अवस्थामा रहेका व्यवसाय ठप्प नै रहेका छन् । तर पछिल्लो चरणमा काठमाण्डौका उपत्यकाका कोरोना बढ्दै गएपछि भाद्र ३ गते रातिदेखि लगाएको आएको निषेधाज्ञ तेस्रो पटक थपेर पर्सि भाद्र २४ गतेसम्मका लागि तोकिए छ । तर २५ गतेदेखि सो निषेधाज्ञलाई हटाइएन भेन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नाडाको आज आज सोमबार) बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गते देखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउन या निषेधाज्ञाको पालना नगर्नेगरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए ।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउनेगरी सहजीकरण गर्नुपर्ने बताए । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने उनको भनाइ छ ।

उनले भने ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण गरेर अगाडि बढ्न पर्छ, यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्, त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको ठीक हुँदैन, सरकारले बुझ्नुपर्छ ।

सरकारी कर्मचारीहरूले काम नगरे पनि तलब भत्ता आइरहने भएकाले कोरोना संक्रमणदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै उनले असन्तुष्टि व्यक्ति गरे ।

घरमै बसेर तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरूमा रहेको दुलालको भनाइ छ ।

उनले भने ‘सुरूदेखि नै हे¥यो भने सरकारी कर्मचारीहरूले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन, जति पनि सरकारी कर्मचारीहरूले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ, घरमा बस्नुपर्छ भनेको छ । किनभने उहाँहरूले तलब बसीबसी पाउनुभएको छ । पैसा आउने जति पनि राजनीतिज्ञ छन्, जति पनि नेता छन्, जति पनि कर्मचारी छन् सबैले बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौं ।

कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको उनले बताए ।

पछिल्लो समय भारत, पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताए ।

लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले स्पष्ट पारे । विश्वलाई हेरेर व्यवसाय सुचारु गर्नुको विकल्प नरहेको छ ।