हिजोको पुल्चोक झडपमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

१९ भाद्र काठमाडौं । हिजो बिहीबार पुल्चोकमा इन्द्रजात्राको रथारोहण गर्ने क्रममा भएको झडपमा सहभागी आन्दोलनकारीलाई नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।