बाग्लुङको ढोरपाटन पहिरोमा हराएकाहरुको पहिचान, शव चिन्नै गाह्रो

१९ भदौ, पोखरा। बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा बुधबार राति गएको पहिरोले घरबारविहीन भएको परिवार संख्या ७५ पुगेको छ ।

पहिरोले घर पूर्ण रूपमा क्षती पु¥याएकाले पीडितलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

पहिरो पीडित नागरिकलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’को टोली घटनास्थल पुगेर त्रिपाललगायत राहत सामग्री प्रदान गरेर फर्किएको उनले बताए ।

ढोरपाटन नगरपालिकाले घरबारविहीन बनेकाप्रति परिवारलाई २ बोरा चामल, २ लिटर तेल, २ किलो नुन, दाललगायत खाद्यान्न सामग्री प्रदान गरेको नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।

यस्तै, बिहीबारदेखि नै नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाले पनि पीडितलाई राहत दिएको छ ।

बिहीबार साँझदेखि नै घटनास्थलमा रहेका बाग्लुङका सिडिओ न्यौपानलेले भने पहिरो पीडितलाई त्रिपाल दिएर कुनै अर्थ नभएको बताए ।

‘यहाँ त्रिपाल टाँग्ने ठाउँ पनि छैन, पूरै बस्ती स्थानान्तरण गर्नुपर्छ,’ उनले भने, ‘खोलाले सबै बगायो, केही बाँकी छैन ।

पहिरोले घरबारविहीन बनेका नागरिक अहिले छिमेकी र आफन्तको शरणमा बसेको उनले बताए ।

गृहमन्त्री बादलले पहिरो पीडितको स्थानान्तरणमा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

पहिरो पीडितलाई राहत बाँड्दै उनले राहत र पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएको सिडिओ न्यौपानेले बताए ।

पहिरो पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर घर बनाइदिने नगरपालिकाका मेयर नेपालीले बताए ।

पहिरो बेपत्ता भएका नागरिकको खोजी अझै जारी छ। अहिलेसम्म १४ जनाको शव फेला परेको छ ।

बेपत्ता भएका अधिकांशको पहिचान भए पनि शव फेला परेको छैन । फेला परेका शवमध्ये ४ जनाको भने पहिचान भएर आफन्तलाई जिम्मा लगाइसकेको छ ।

शव फेला परेकामध्ये १० जनाको शवको पहिचान नै हुन सकेको छैन। बेपत्ता भएकाहरूको पहिचान भए पनि कसको शव भनेर पत्ता लगाउनै मुश्किल परेको सिडिओ न्यौपानेले बताए ।

उनका अनुसार पहिरोमा परेर १५ दिनको शिशुदेखि ६५ वर्षका वृद्धासम्म बेपत्ता छन्। बेपत्ताको खोजीका क्रममा अंगभंग भएका शरीर फेला परेका छन् ।

बेपत्ताका खोजीका क्रममा करिब ३२ वर्षका पुरूषको शरीरको कम्मरभन्दा माथिको भाग मात्र फेला परेका छन् ।

बाग्लुङकै बडिगाड गाउँपालिकाका एक महिलाको बायाँ खुट्टा मात्र फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका २ वामी चित्रिङमा बडिगाड खोलाको बीच बगरमा करिब ३० वर्षीय महिलाको टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको छ ।

पहिरोले लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेता प्रावि सुकुरदुङको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघुजलविद्युत आयोजना लगायतमा सार्वजनिक सम्पत्ति पनि पूर्ण रूपमा क्षती भएको सिडिओ न्यौपानेले बताए ।

प्रहरीका अनुसार बाग्लुङ पहिरोमा परेर बेपत्ता र मृत्यु भएकाहरूको नामावली, पहिचान नभएको शवका हुलिया र सनाखत भएका शव यस प्रकार छन् ।

 

हाल सम्म बेपत्ता भएका मानिसहरुको नामावली :

१) जिल्ला बागलुङ ढोरपाटन नगरपालिका(९ द्वाल वर्ष २३्२४ को नारायण बिक ।

२) सोहि स्थान बस्ने निजको श्रीमती वर्ष २०्२१ की टेकमाया बिक ।

३) निजहरुकै छोरी वर्ष १ की नाम नखुलेकी बालिका ।

४) सोहि स्थान बस्ने वर्ष १५्१६ की मनिषा बिक ।

५) घट्टेचौर बस्ने वर्ष २८ की शनि बिक ।

६) निजको छोरा वर्ष ९्१० को रोशन बिक ।

७) निजको छोरा वर्ष ४्५ को रवि बिक ।

८) नाम नखुलेको १५ दिनको शिशु १ ।

९) वर्ष २५्२६ की मन कुमारी बि.क. ।

१०) वर्ष २९्३० को प्रेम पुन ।

११) ढोरपाटन नगरपालिका भुसुन्डे बस्ने वर्ष २९्३० की कुमारी बिक ।

१२) सोहि स्थान बस्ने वर्ष १४्१५ को समुन्द्र बिक ।

१३) वर्ष १०्१२ की पुनम बिक ।

१४) वर्ष ३०्३१ को जीत बहादुर घर्ती ।

१५) वर्ष ४३्४४ को राजु घर्ती ।

१६) घट्टेबोट बस्ने वर्ष ३५्३६ कि करमती बुढा ।

१७) वर्ष ३५्३६ की रिना कुमारी घर्ती ।

१८) वर्ष २०्२२ की दिलमया पुन ।

१९) निजको छोरी वर्ष ३्४ की प्रकृति पुन ।

२०) वर्ष ६०्६१ की डोटी पुन ।

२१) सोहि स्थानको सानो कुगु भन्ने स्थानमा बस्ने वर्ष ३५्३६ को हेम बहादुर बिक ।

२२) श्रीमती वर्ष ३४्३५ कि उजेली बिक ।

२३) १० महिनाको शिशु नाम नखुलेको ।

२४) वर्ष ३७्३८ कि हस्तमाया बिक ।

२५) सोहि स्थान बस्ने दुनेपधेरा बस्ने वर्ष ६०्६५ की तुलमती घर्ती ।

२६) सोहि स्थानको लाकुरी बोट बस्ने वर्ष ५५्५६ की कौशिला पुन ।

२७) निजको छोरा वर्ष २०्२१ को विशाल पुन ।

२८) सोहि स्थानको पावरहाउस बस्ने वर्ष २५्२६ कि धनमाया बिक ।

२९) निजको छोरा वर्ष २्३ को नाम नखूलेको बालक ।

३०) सोहि स्थानको सुप्राङ बस्ने वर्ष नखुलेको बिरे बिक

३१) बिरे बिककको श्रीमती ।

३२ निज बिरे बिकको छोरा ।

३३) निज बिरे बिकको छोरी ।

३४) जिल्ला बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४्२५ को नबिन भण्डारी ।

 

प्रहरीले हाल सम्म फेला पारे को शवहरु :

१.जिल्ला बागलुङ ढोरपाटन नगरपालिका(३ भुजिखोला किनारमा अन्दाजी ३०र३२ वर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र ।

२.बडिगार्ड गाउँपालिका(५ बालुवा स्थितमा वर्ष अन्दाजी ४० को महिला

३.बडिगार्ड गाउँपालिका(५ बालुवा स्थितमा महिलाको बाया खुट्टा मात्र फेला परेको ।

४.बडिगार्ड गाउँपालिका(७ खोप्चेमा वर्ष अन्दाजी १२्१३ को बालक ।

५.ढोरपाटन नगरपालिका(२ चुरेलाबासमा वर्ष २०्२२ को महिला ।

६.ढोरपाटन नगरपालिका(५ पेङखोला स्थितमा वर्ष अन्दाजी १२र१५ की बालिका ।

७.ढोरपाटन नगरपालिका(१ बुर्तिबाङ स्थित बडिगार्ड खोलामा वर्ष अन्दाजी १२्१३को बालक

८.जिल्ला गुल्मी मुसिकोट नगरपालिका(२ वामी चित्रिङ स्थित बडिगार्ड खोलाको बिच बगरमा वर्ष अन्दाजी २५्३० को महिला (टाउको र दाहिने हात नभएको अवस्थामा फेला परेको ।

९) जिल्ला गुल्मी चन्द्रकोट गाउपालिका(८ तिनसिमलस्थित बडिगार्ड खोलाको किनारमा टाउको फुटेको ढुङ्गाले च्यापिएको अवस्थामा अन्दाजी २ वर्षको बालक ।

१०) जिल्ला गुल्मी मुसीकोट नगरपालिका(५ इन्देगौडा स्थित बडिगाड खोलाको किनारमा अन्दाजी ४०र४२ की महिला

सनाखत भएका शवः(

१.जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-९ द्वाल बस्ने वर्ष अन्दाजी २० ्२२ को जिबन बिक ।

२.ढोरपाटन नगरपालिका(९ लाकुरीबोट बस्ने वर्ष अन्दाजी ४५्४६ को कर ब.बिक.।

३.ढोरपाटन नगरपलिका(९ भट्टेचौर बस्ने वर्ष २६ की केशमाया बिक ।

४.जिल्ला बागलुङ ढोरपाटन न.पा.९ सानो कुगु बस्ने बस्ने छोरा बर्ष ८्९ को दलु बिक ।

अनलाइन खबरबाट