पछिल्लो २४ घन्टामा उपत्यकामा कोरोना भाइरसका ४५४ जना संक्रमिण थपिए

१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

आजै देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना पुगेको मन्त्रालयले बताएको छ ।