आज मुलुकभर १३५६ जना कोरोना संक्रमिण थपिए

१९ भदौ, काठमाडांै । आज देशभरमा १३५६ जनामा कोरोना भाइरसका संक्रमिण थपिए ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । यो सँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

यही मध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् ।

आजै १३५४ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।