खाली पेटमा दुध पिउदा के हुन्छ जानी राखौं

१९ भाद्र, काठमाडौं । प्राय मान्छेले बिहान पख चिया वा दुध पिउने गर्दछन् तर यसले कति असर गर्छ भन्ने हेक्का र थाहा नै हुदैन त्यसैले यसको जानकारीका लागि आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न
सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ ।

यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः 

१. दिनभर आलस्य र थकान महसुस

विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ । यदि तपाईं बिहान दूध पिउँदा दिनभर शक्ति प्राप्त हुन्छ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । बिहानै दूध पिउँदा दिनभरी निन्द्रा लाग्ने र आलस्य हुने समस्या पैदा हुन्छ ।

२. पेटमा भारीपन महसुस

यदि तपाईं बिहान हरेक दिन दूध पिउनुहुन्छ भने तपाईंको पेटमा भारी महसुस हुन्छ । कहिले काँही खाली पेटमा दूध पिउँदा पेटमा गडबढी समेत पैदा गर्छ । पाचन तन्तुले दूध पचाउन नसक्दा पेटमा खराबी पैदा हुन्छ । त्यसैले राति सुत्नुभन्दा अगाडि दूध पिउने गर्नुपर्छ ।

३. मुड खराब गर्नसक्छ

जो व्यक्ति बिहानै दूध पिउँछन् ती व्यक्तिहरुको मुखमा स्वाद बिगार्न पनि सक्छ । साथै, मुखको स्वादमा आउने परिवर्तनले मुड खराब हुने, चिढचिढावट हुने आदि समस्या पैदा गर्छ । त्यसैले दूध खाना खाएपछि पिउने गर्नुपर्छ र अलैँचीको धुलो, चक्लेट पाउडर आदि हालेर खान सकिन्छ ।

यसका साथै हाइपर एसिडिक समस्या भएका व्यक्तिहरुले क्याल्शियमको रुपमा चिसो दूध पिउँदा ग्यास र अपच जस्ता समस्या कम हुन्छ । यद्यपि, यो जब एसिडसँग मिसिन्छ तब नुनको रुपमा परिवर्तन हुन्छ जसले गर्दा एसिडिटीबाट राहत मिल्छ । दूध रातिमा पिउँदा फाइदाजनक हुन्छ ।