भौतिक दूरी कायम गर्दै उच्च सतर्कताका साथ मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन काँग्रेसको आग्रह

१९ भाद्र, काठमाडौं । रातो मछिन्द्र नाथको रथ तान्ने विषयमा हिजो तलितपुरको जवालाखेल पुल्चोक क्षेत्रमा स्थानीयबासी र प्रहरीबीचको झडपले झन्डै उग्ररुप भने लिएन तर त्यसेको मध्यनजर गर्दै जिप्रका ललितपुरले ललितपुर महानगर क्षेत्रका आज बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू जारी गरेको पनि छ । तर सोही घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थानीयबासीको पक्षमा बेल्दै रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सरकार आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै उच्च सतर्कता अपनाएर जात्रालाई निरन्तरता दिन कांग्रेस संसदीय दलले आग्रह गरेको हो ।

‘कोरोना जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता र संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न कांग्रेस संसदीय दल अपिल गर्दछ,’ काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ ।

रथ तान्ने क्रममा बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपका घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको खाँणले उल्लेख गरेका छन् ।

‘सदियौंदेखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन् । यसको हामी सबैले सम्मान र जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य हो,’ खाँणको भनाइ छ, ‘कोरोनाले काठमाडौंमा पनि निषेधाज्ञा छ । यस्तो अवस्थामा परम्परागत रूपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय तह र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय हुनु जरूरी थियो ।

समन्वय अभावले बिहीबार हिंसात्मक झडप हुनु दुःखद भएको खाँणको भनाइ छ । कांग्रेसले गरिएका विज्ञाप्तीमा घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ सहित स्थानीयबासीमा सम्वयता अपनाउन समेत आग्रह गरेको छ ।