आज एकैदिन १२२८ जना कोभिड–१९ का संक्रमित थपिए

१८ भाद्र, काठमाण्डौ । देशभरमा कोरोना भाइरसका १२२८ जना संक्रमिण थपिए ।
देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र ४४५ र सर्लाहीमा १०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

उनीहरुमध्ये २५७ जनाको मृत्यु भएको छ । २४ हजार २०७ जना कोरोनामुक्त भएका छन् ।

आजै कोरोना भाइरसलाई हराउँर्दै ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।