बागलुङको बोबाङमा भिषण पहिरो १७ जना सम्पर्क बिहीन कयौं घरबस्तीमा क्षति

१८ भाद्र, बागलुङ । गएराती आएको भिषण बर्षा सहित आएको पहिरोबाट बागलुङमा धेरै मानिस बेपत्ता तथा हारएको बुझिएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका भन्ने ठाउँ आएको पहिरोका कारण १७ जना सम्पर्क बिहिन हुनुका साथै थप केही मानिसहरु हराएको हुनसक्ने स्थानीय त्याहाँस्थित स्थानीयले बताएका छन् । कदर न्यूज गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीका अनुसार ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो आउँदा धेरै गाउँमा क्षती हुनुका साथै ठूलो धनजनको क्षति समेत भएको छ । बर्षाको बाढीसँगै आएको पहिरोका कारण बागलुङ लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना बेपत्ता भएका छन् ।

साथै लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर बाढीले बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि बिद्यालयको भवन समेत बगाएर लगेको छ । त्यस्तै बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बाढीले बगाएर लगेको जानकारी आको तर घटनाको बिस्तृत विवरण प्राप्त भएको छैन ।
सो क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग फोन सम्पर्क गर्न खोज्दा हुन नसेको छैन । भीषण बर्षासँगै आएको पहिरोको कारण बुर्तिबाङबाट हिँडेको प्रहरी टोली समेत सो घटनास्थल पुग्न सकेको छैन् । पहिरोले क्षती धेरै भएको अनुमान लगाइएको छर विस्तृत पुष्टि भने भएको छैन । बाटोमा अझै पनि साना ठूला पहिराहरु खसिरहेका कारण प्रहरीको घटनास्थलमा पुग्न सकेको
छैन। पहिरोमा बेपत्ता भएकाहरुको खोजी र उद्दारका लागि ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले जुट्न आग्रह समेत गरेका
छन् ।

पहिरो सँगै आएको बाढीले बगाएर हराएका मध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । त्यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको बुझिएको छ । भूजिखोलामा पहिरो थुनिएर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।