कोरोना संक्रमणका कारण आज थप ११ जनाको मृत्यु

१७ भदौ, काठमाडौं । कोरोना भाइरसका संक्रमिण बढ्ने क्रमसँगै आज कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

काठमाडौंका तीन तथा ललितपुर, भक्तपुर, धादिङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, तनहुँ र बाराका एकएक जनाको मृत्यु भएको हो ।

काठमाडौं–१ नक्साल, काठमाडौंमा ८९ बर्षीया महिलाको भदौ १६ गते होम आइसोलसनमै मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनालाई १३ गते कोरोना पुष्टि भएको थियो ।

काठमाडौं–३० मैतिदेवी, काठमाडौंका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १५ भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी रत्तचाप, मधुमेहबाट पीडित थिए ।

काठमाडौं–५ नागार्जुन, काठमाडौंका ७० वर्षीय पुरुषको मेधा अस्पतालमा मृत्यु भएको छ । उच्च ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ ८ गते अस्पताल भर्ना भएका उनी दमको समेत बिरामी थिए ।

मध्यपुर थिमी–७, भक्तपुरका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । ४ भदौमा संक्रमण पुष्टि भएका उनको भेल्टिलेटरमा उपचार भइरहेका क्रममा मृत्यु भएको हो । उनकी आमाको चार दिन अघि मात्र मृत्यु भएको थियो ।

ललितपुर–१५ सातदोवाटो, ललितपुरकी ७० वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनी १४ गते अस्पताल भर्ना भएकी थिइन् र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

धादिङका– ४७ वर्षीय पुरुषको पाटन अस्पतालम मृत्यु भएको छ । दम र मिर्गौलाका विरामी उनी १३ गते अस्पताल भर्ना भएका थिए र १६ गते कोरोना पुष्टि भएको थियो ।

बुटवल–६, रुपन्देहीका ५७ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनको १५ भदौबाट आईसीयूमा उपचार भइरहेको थियो ।

कपिलवस्तु–११, कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।

रामग्राम–५, नवलपरासीका ६५ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि १५ भदौमा अस्पताल भर्ना भएकी उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा मंगलबार राति उनको मृत्यु भएको हो ।

ब्यास–२, तनहुँकी २० वर्षीया महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । मिर्गौलामा समसया भएर डायलासिस गराइरहेकी उनलाई अल्का अस्पताल, पुल्चोकबाट मंगलबार मात्र शिक्षण अस्पताल लगिएको थियो ।

सिम्रौनगढ–९, बाराका ९७ वर्षीय पुरुषको कोरोना अस्तापल गण्डकमा मृत्यु भएको छ । १४ भदौमा संक्रमण पुष्टि भएका उनी दम लगायतका दीर्घरोगबाट पीडित थिए ।