पाँच सय भन्दा बढी संक्रमिण भएको जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी भएको जिल्लामा लकडाउन

१७, भाद्र काठमाण्डौ । सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन् ।

साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ ।

अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन् ।

त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन् । जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन् ।

 

सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन् । काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन् ।