देशभरमा ११२० जना कोरोना भाइरसका संक्रमिण थपिए

१७ भदौ, काठमाडौं । आज देशभरमा ११२० जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् ।

आजै १११२ जना कोरोना भाइरसलाई जितेर कोरोना मुक्त भई डिस्चार्ज भएको मन्त्रालएले बताइको छ ।