डोटी केन्द्र बिन्दु भएर ३.८ रेक्टरको स्केलको भूकम्प गयो

१६ भाद्र, डोटी । आज दिउँसो १ बजेर ६ मिनेटमा डोटीको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको
छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो ।