आवागमन र प्रस्थान गरी आज पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान

१६ भाद्र, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक यात्रु लगेको छ । यस्तै हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रु काठमाडौँ ल्याएको छ । एयर अरेबियाको जहाजले ६ हजार ६५० कार्गो नेपाल ल्याएको छ ।

यता नेपाल एयरलाइन्सको जहाज आज राति १ः०० बजे जापानको नारिता उड्दैछ । नियमित उडान अन्तर्गत निगमको यो पहिलो उडान हो । नारिताबाट नेपाली लिएर बुधबार काठमाडौँ फर्कने तालिका छ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि चीनको कुनमिङ उड्ने विमानस्थलले जनाएको छ ।

बुधबार पनि विभिन्न मुलुकबाट पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलनइन्सले माल्दिम्भमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनेछ । सोही एयरलाइन्सले चीनको कुनमिङ र चोङकीङबाट कार्गो ल्याउनेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने उडान तालिका छ ।

आन्तरिकतर्फ आज विभिन्न एयरलाइन्सका सात चार्टर्ड उडान भएका छन् । समिट एयरले सिमिकोट, श्री एयरको हेलीले डोल्पा, प्रभुले लमजुङ मनाङ एयरले पोखरा, सिम्रिक एयरको हेलीले खोटाङ, तारा एयरले फाप्लु र एयरडाइनेष्टिले रुकुममा उडान भरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।