मुटु सम्बन्धी समस्या देखिएका पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

१६ भाद्र, काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त भएका थिए ।