भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको निधन

एजेन्सी

१५ भदौ, काठमाण्डौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनी ८४ बर्षका थिए ।

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए । आज सोमबार मुखर्जीको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।

भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’अभिजितले ट्वीटरमा लेखेका छन् ।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री बनेका थिए ।

गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।