आज राति १२ बजेदेखि पर्वत जिल्लामा सावारी साधन निषेध

१५ भदौ, पर्वत । पछिल्लो समयमा देशभरमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा मुलुकका धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्ने क्रम र संक्रमण समुदायमा फैलिने समेत भइरहेको अवस्थामा गण्डकी प्रदेशकोे पर्वत जिल्लाको समुदायमा कोरोना नदेखेएिको भए पनि त्यसको सजक र सर्तकता अपनाउँदै कोरोना समुदायमा फैलन नदिन पर्वतमा सोमबार आज १२ राती १२ बजेदेखि थप कडाई गरिने बताइएको ।

पर्वत जिल्लाको जिल्ला प्रशासन कार्यालय पर्वत कुश्मामा आज सोमवार विहान बसेको सर्वपक्षिय, सवैदलिय बैठकले आजै राती १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनका साथै बिना कामका आवत–जावतमा समेत पुर्ण रुपमा बन्द गर्ने निणर्य गरिएको छ । बैठकले छिमेकी जिल्लावाट खाद्यान्न र अत्यावश्यक सामाग्री लिएर आउने गाडीमा सवारी चालक र सहचालकलाई मात्र जिल्ला भित्रिन अनुमती दिईने र अन्य यात्रुलाई भने प्रवेश निषेध गर्ने निणर्य गरिएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफुल बोकेका गाडी बाहेक यात्रुबहाक बस र जीपलाई पनि एक साता बन्द गर्ने निणर्य भएको जिल्ला स्थित सिसीएमसी पर्वतले जनाएको छ । सिसीएमसीका अनुसार जिल्लामा संचालित सहकारी संस्थाहरुले आन्तरिक कारोबार गरेपनि घर दैलोमा पुगेर बचत संकलन गर्ने कार्य समेत रोक्नका लागि कुश्मा नगरपालिका सहित ७ वटै पालिकालाई अनुरोध गरिएको छ ।
छिमेकी जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न यस्ता निणर्य गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

यस अघिदेखिनै संक्रमण समुदायस्तरमा जान नदिनका लागि नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको थियो ।

बैठकले विदेशवाट आएकाहरुलाई पुरानै पद्धती अनुसार पुलिङ क्वारेन्टाईनमा र छिमेकी जिल्लावाट आएकाहरुलाई सम्वन्धित पालिकाको क्वारेन्टाईनमा अनिवार्य ७ दिन राख्ने निणर्य गरिएको बताईएको छ ।