Breaking News

तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने

१५ भाद्र, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

ऋाज सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

आज मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ ।

बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा एकरदुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ । बुधबार राति भने गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको मौसम बिज्ञान विभागले बताएको छ ।