कालिकोटको नाग्म बजारमा पहिरो जाँदा १० को मृत्यु

१४ भाद्र, कालिकोट । देशभरी कोरोना कहरले जनतालाई त्रास र भयभित भएको बेला बर्खा लागेसँगै देशका बिभिन्न ठाउँमा आएको बाढी र पहिरोले सयौंको संख्यामा ज्यान गइसकेको छ । कालिकोटमा पनि यस अघि पहिरोले धेरैको ज्यान गएको बेला आज कालिकोट जिल्लाको तिलागुफा नगरपालिका नाग्ममा पहिरोमा परि अहिले सम्म ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय चार जनाको मृत्यु भएको कालिकोटका प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी गराउनु भएको छ । पहिरोमा परि ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका ७ मुग्राह गाउँका ४० बर्षीय परेक शाही, उनका ७ बर्षिया छोरी हिमा शाही, ५ बर्षको निराजन शाही र दुई महिनाको अकल शाही र ७ वर्षीया छोरी हिमा रहेको  बुझिएको छ ।उनीहरु सबै एकै परिवारका सदस्य हुन् ।  कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले वताउनु भए अनुसार
अन्य मृत्यु हुनेहरुमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका छन् ।

साथै दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ । त्यस्तै मृतक परेक शाहीको पत्नी पुन्ना शाही सामान्य घाइते छिन् ।

अर्को एक जना १३ बर्षिय बालक अर्जुन हमालको पनि उद्धार गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उद्दारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको डिएसपी ओलियाले बताउनु भएको छ । नाग्म बजारमा टेलिफोन नलाग्ने भएकोले सम्पर्क गर्न कठिनाइ भइरहेको छ । डिएसपी ओलियाका अनुसार प्रहरी सञ्चार सेट मार्फत मात्र जानकारी आदानप्रदान भइरहेको छ ।

मृतक परेक शाहीका परिवार नाग्म बजारमा धनपति विकको घरमा किराना पसल गरिरहेका थिए ।

नाग्म बजार पहिले देखि नै जोखिमयुक्त थियो । तल तिला नदिले कटान गरिरहेको छ । माथिबाट पहिरो आउन सक्ने खतरा पनि उत्तिकै छ । बिहान ८ बजे मात्र पहिरो गएको थियो । लकडाउनका कारण कुनै पनि परिवार घर बाहिर निस्कन सकेका
थिएनन् । पहिरो पनि आउनु परिवारका सबै सदस्य घरभित्रै रहनुका कारणले मानवीय क्षति भएको हो ।