पछिल्लो २४ घन्टामा ११११ कोरोना भाइरसका संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा ३३७ जनाको पुष्टि

११ भाद्र काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ११११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।
आजै ५६९ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२, कपिलवस्तुका २१, मोरङ र कैलालीका २०–२० जना, नवलपरासीका १८, नवलपुर र बैतडीका १७र१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहा, महोत्तरी र नुवाकोटका ७–७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६६ जना, सिन्धुली र जाजरकोटका ५–५ जना, प्युठान र संखुवासभाका ४–४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३–३ जना, दोलखा, कास्की र दाङका २र२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १–१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।