जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण

११ भाद्र, काठमाडौँ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रम जारी सँगै आज महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण देखिएको छ ।

प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारी छन् । उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ ।

संक्रमित हुनेमा तालिम सकेर भर्खरै सेवा सुरु गरेका प्रहरी सहायक निरीक्षक समेत रहेको बुझिएको छ ।