पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

६ भाद्र, काठमाडौं । सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ। पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकीएका छन् ।

(रासस)