भाद्र १६ गतेबाट अन्तराष्ट्रिय उडान गर्ने निर्णय

६ भाद्र, काठमाडौं । कोरोना भाइरसका कारण गएको चैत्र ११ गतेबामट बन्द अवस्थामा रहेको अन्तराष्ट्रिय उडान सरकारले भाद्र १६ देखि उडान गर्ने निर्णय गरेको छ । अस्ति बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।

पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ । कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।