कोरोना संक्रमणबाट आज ११ को मृत्यु

५ भाद्र, काठमाण्डौ । आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा गरिने नियमित ब्रिफिङमा बताए अनुसार आज देशभर ८३८ जनामा कोरोना संक्रमण हुँदा सोही रोगबाट ११ जनाको मृत्यु भएको बताएका छन् ।

यसरी मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । देशभरका छुट्टाछुट्टै ११ जिल्ला मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म कुल संक्रमितको संख्या ३० हजार नाघेको छ ।