एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

५ भादौ, काठमाण्डौ । पछिल्लो समयमा काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।
आज यसै क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको
छ ।