आज शुक्रबार ८३८ कोरोना भाइरसका संक्रमिण थपिए

५ भादौ, काठमाण्डौ । आज शुक्रबार देशभरीमा ८ सय ३८ जनामा कोरोना पुष्टि भएका छन् ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन् ।

यो सहित संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

आजै २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ ।