उपत्यकामा बैंकहरुले सिमित शाखा खुलासहित सेवा

५ भादौ, काठमाडौं । हिजो काठमाडौं उपत्यकामा बन्द भएका बैंकहरु आज सिमित शाखा कार्यालयहरु खुलेका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।

बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।

बैंकहरुले सिमित शाखाहरु मात्रै खुला गरेरसेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जानकारी दिएको छ । बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन् ।