सितापाईला एसिड प्रहारका अभियुक्त पुर्पक्षका लागि धुनामा

४ भादौ, काठमाडौं । गत साउन ८ गते सितापाईलामा ओखलढुंगाकी २३ बर्षे पवित्रा कार्कीमाथि एसिड प्रहार आक्रमण घटनामा अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि आदेश दिएको छ अभि

अभियुक्तले कार्कीलाई सँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेको प्रहरीको दावी छ । घाइते पिडित पवित्रा कार्की हाल कीर्तिपुर अस्पतालमा उपचाररत रहेकी छन् ।