निषेधाज्ञ उल्लंघन गर्नेलाई केही समय उभ्याउदै छोड्दै उपत्यका सुनसान

४ भदौ, काठमाडौं । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले गएराति १२ बजेदेखि एक हप्तासम्म काठमाडौं काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

ससरकारले निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक तथा गल्लीहरुमा परिचालन गरिएको छ ।

निषेधाज्ञाको पालना नगर्नेहरुलाई दण्डित गर्ने चेतावनी उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले दिएका छन् ।

तर आज सडकमा देखिएका निषेधाज्ञको दृष्य भने अर्को थियो । प्रहरीहरुले निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई केही समय होल्डिङ सेन्टरमा उभ्याएर छोड्दै गरेको छ ।

जथाभाबी हिँडडुल गर्ने र पासविना सवारी साधन चलाउनेहरुलाई त्यहाँ व्यक्तिगत दुरी कायम राखी केहीबेर उभ्याउने र अबदेखि निषेधाज्ञा पालना गर्ने सर्तमा छाड्ने गरेको पनि छ ।

निषेधाज्ञामा अत्यावश्यक बाहेक घरबाहिर निस्किन सरकारले अनुरोध समेत गरेको छ । पसलहरु पनि बिहान ८ बजेसम्म मात्रै खोल्न दिइएको छ । तर आज सडकमा केही एकाध सवारी साधन र फाट्टफुट्ट मान्छे बाहेक सडक बजार सुनसान नै देखिन्छ ।