प्रेस काउन्सिल नेपालबाट किशोर आउट, भण्डारी इन

२ भाद्र, काठमाठौ । नेपाल सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । दुर्गा भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएका थिए ।

बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बुझिएको छ । हिजै बसेको मन्त्रीपरिषद्ले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ ।