देशभरमा कोरोना भाइरसका ६४१ संक्रमिण थपिदा काठमाण्डौं उपत्यकामा १७२ थपिए

३२ साउन, काठमाठौ । मुलुकभरमा ६४१ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरु मध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

आज कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११–११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी र महोत्तरीका ८–८ जना, कञ्चनपुर र तनहुँका ५–५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३–३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २–२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।