देशभरमा ५९४ जना कोरोना संक्रमिण हुँदा कहाँकहाँ थपिए

३० साउन काठमाडौं । आज देशभरमा ५९४ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । यो सँगै नेपाल कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

यी मध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् ।

आजै २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४–२४ जना, तनहुँ र बाँकेका २२–२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४–१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९–९ जना, सिराहा र अछामका ६–६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५–५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २–२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १–१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।् ।