अपहरण तथा शरीर बन्धक कसुरमा लिखु गाउपालिका अध्यक्ष पक्राउ

३० साउन, रामेछाप । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।

रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकका अनुसार पालिका अध्यक्ष खड्कालाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनले भने, ‘उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परेको छ ।

खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।