ताजा खबर

सिन्धुपाल्चोकको लिदि लामा टोलमा पहिरो जाँदा १३ घर पुरिए ५ घरका सदस्य सम्पर्कविहीन

३० साउन, काठमाण्डौ । हिजोआज लगातार आइरहेको बर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

आज बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले भने, ‘उद्धार गर्न एकदमै कठिन छ । पहिरो झरिरहेको छ ।