कालिकोटको महाबै गाउँपालिका ३ नकुमा पहिरो जाँदा ६ को मृत्यु

३० साउन, काठमाण्डौ । लगातार आएको बर्षाका कारण कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

हिजो बिहीबार राति गएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।