भोलि बिहीबार राति १२ बजेदेखि भाद्र ५ गते राती १२ बजे सम्म बुटवल लकडाउन गरिने

२८ साउन, बुटवल । पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै जान थालेपछि बुटवल उपमहानगरपालिकामा लकडाउन गर्न लागिएकोे छ ।

आज बुधबार प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित बसेको बैठकले बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले बताइन् ।

लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन् ।