आज देशभर ४८४ जनामा कोरोना संक्रमण भएको पुष्टि

२८ साउन, काठमाण्डौ। आज नेपालभर थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । आजै ६४ जना निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।