डोटीमा बस दुर्घटना हुँदा ३ को मृत्यु ३१ घाइते

२८ साउन, बुटवल । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्वरको गाडी दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ ।

भारतबाट फर्केका ३४ जना यात्री बोकेको बस धनगढीबाट अछाम जाने क्रममा दुर्घटना भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले बताएका छन् ।

दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको र अरु घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको छ ।