युरोपा लिगको सेमिफाइनल खेल सकिए

२८ साउन, काठमाण्डौ । युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको हो ।

स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब वुल्भ्सलाई १–० गोलले पराजित गरेर अन्तिम चारमा स्थान पक्का ग¥यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभियाले खेल सकिन दुई मिनेट बाँकी छदा गोल गरेको थियो । ओकाम्पोसले ८८ मिनेटमा गोल गर्दै सेभियालाई अन्तिम चारको यात्रा गराए ।

यता युक्रेनी क्लब शख्तरले स्विट्जरल्यान्डको एफसी बासेललाई ४–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको छ ।

शख्तरका लागि जुनियर मोराइसले दोस्रो मिनेट, टाइसनले २२ मिनेटमा, लाउरेन्सीले ७५ मिनेटमा पेनाल्टीबाट र कोर्डेरो डोस सान्तोसले ८८ मिनेटमा गोल गरे।

अब पहिलो सेमिफाइनलमा सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग १६ अगस्टमा खेल्नेछ द।

अर्को सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र शख्तरबीच १७ अगस्टमा खेल हुनेछ ।