अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण

२७ साउन, काठमाण्डौं । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण बढ्न क्रमसँगै आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

घिमिरेलाई आज मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ । केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।

त्यो दिनदेखि उनी कार्यालय आएका छैनन् । स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म अख्तियारमा घिमिरे सहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन् ।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ ।