ओली आफ्नो अडानमा टसका मस नहुँने अनि, ‘मिल्नुपर्छ मात्र भनेर मात्र हुन्छ

अध्यक्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’

२४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको विवादकाबीच दुई अध्यक्षद्वयको वार्ता र छलफल समेत बन्द भएको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमधी केपी शर्मा ओलीनिकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार गएका छन् ।

अस्ति बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि प्रचण्डसँग छलफल गरेका थिए । शनिबारको भेटमा पौडेल र पोखरेलले पनि दुई अध्यक्षवीचको सहमतिमा जोड दिएका छन् ।

जवाफमा प्रचण्डले आफूहरु सहमतिकै पक्षमा रहेको, तर अहिलेको गतिरोध अन्त्यका लागि अर्का अध्यक्ष ओलीले निकास दिनुपर्ने बताएको स्रोतको दाबी छ । ओली आफ्नो अडानमा टसका मस नभएको भन्दै उनले भने, ‘मिल्नुपर्छ मात्र भनेर हुन्छ ? केपी ओलीसँग सहमति गरेर निकासको प्रस्ताव ल्याउनुस् ।

ओली र प्रचण्ड–माधवकुमार नेपाल पक्षको विवादका कारण नेकपाको स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाव दिएका थिए ।

पटक–पटक भएको वार्तामा सहमति जुटन नसकेपछि ओलीले १३ साउनको बैठक एकपक्षीय रुपमा स्थगित गरेका
थिए ।
तर, प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य राखेर ओलीको निर्णयमा आपत्ति जनाए । यद्यपि त्यो बैठकले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर स्थायी कमिटी सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिए ।

त्यस अनुसार दुई अध्यक्षबीच भेटवार्ता भएपछि सहमति जुट्न सकेन र, केही दिनयता दुई अध्यक्षबीच वार्ता नभएको बेला आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुले अर्का अध्यक्ष प्रचण्डलाई भेटनु केही न केही अर्थ राख्दछ नै ।