आज कोभिड–१९ भाइरसका संक्रमिण ३७८ जना थपिए

२४ साउन, काठमाडौं । आज शनिबार देशभरमा ३७८ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

आज कहाँ कति थपिए संक्रमित ?

आज सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जनाका साथै ललितपुर र भक्तपुरमा ३–३ जना थपिएका छन् ।

आजै थपिएकाहरुमा पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७–७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४–४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३–३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २–२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।