सिराहका २१ बर्षे युवकको कोरोना भाइरसबाट मृत्यु

२३ साउन, सिरहा । कोरोना भाइरसका संक्रमित बढ्ने क्रमसँगै कोरोनाबाट मर्नेको संख्या पनि बढ्न थालेको छ । प्रदेश २ को सिरहामा थप एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा हिजो बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।

प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।