नेकपा अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना पृष्टि

२२ साउन, काठमाण्डौ । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित थपिने क्रममा सुरक्षाकर्मीमा बढ्दो क्रममा रहेको छ । यसैको क्रममा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ललितपुरको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको
हो ।

प्रहरी प्रधान कार्यालयमा प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड निवासमा प्रचण्डसहित ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।