आज शुक्रबार थप ३६० जना कोरोना संक्रमित हुँदा ३ को मृत्यु

२२ साउन, काठमाण्डौ । कोरोना भाइरसका संक्रमण थपिने क्रममा आज देशभरमा ३६० जना थपिएका छन् । आजै कोरोना भाइरसका कारणले ३ जनाको मृत्यु भएको छ । जसमा पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

आज मृत्यु हुनेमा वीरगञ्ज–११ मुर्लीका ८० वर्षीय बृद्धको मृत्यु भएको हो छ । त्यस्तै वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक ५६ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका उनीलाई गएको बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।
मृतकमा मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

त्यस्तै कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

आज बिहीबार देशभर थप ३६० जनामा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकारसम्मेलनका अनुसार आज देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको
छ । ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४–२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएकाछन् । सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४र४ जना संक्रमित भेटिएका छन् ।

महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३–३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २–२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १–१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।