प्रदेश २ का एक मन्त्री र प्रदेशसभा सदस्य कोरोना संक्रमित

२२ साउन, काठमाण्डौ । कोरोना भाइरसले लकडाउन अन्त्यसँगै संक्रमण बढ्ने क्रममा प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सक्रमण भएको हो । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्य पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।