बजाजद्धारा १२५ सिसिको नयाँ पल्सर बाइक लन्च

१४ साउन, काठमाडौं । मोटरसाईकल चढ्ने पारखीहरुलाई बजाज मोटरसाइकलले नयाँ पल्सर लन्च गरेको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केही समय अगाडि पल्सर सिरिजको सबैभन्दा कान्छो पल्सर १२५ को बिक्री सुरु गरेको थियो । यो बाइक अम आय र थोरै पैसा भएकाहरुलाई समेत किन्न सकिने भएको छ । यसलाई ग्राहकले फाइनाइन्स गरी किन्दा मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।

यो मोटरसाइकल ग्राहकले विभिन्न तीन स्कीममा खरिद गर्न सकिने छ ।  जसमा कम्पनीले नगद छुट, शून्य प्रतिशत व्याज तथा २० प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको
छ ।

४० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दा ग्राहकले यो मोटरसाइकलमा १२ हजार नगद छुट प्राप्त गर्ने छन् । दुई बर्षको अवधिमा किस्ता चुक्ता गर्नु पर्ने यो योजनमा १६ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।  यसैगरि शुन्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

यस्तै ग्राहकले बजाज पल्सर १२५, २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर समेत खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा बाँकी रकम २ बर्ष भित्र तिर्नु पर्ने हुन्छ । यो योजनमा ग्राहकले १७ प्रतिशत व्याजदर तिर्नु पर्ने
छ ।

यस्तो छ पल्सर १२५

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।