Breaking News

सुस्मिता स्याङ्तानको देशभक्तिले ओतप्रोत नयाँ गीत ‘खरानीबाट उठेर’ सार्वजनिक

काठमाडौं। पछिल्लो समय नेपाली सांगीतिक आकाशमा आफ्नो बुलन्द र ओजिलो स्वरका कारण चर्चामा रहेकी गायिका सुस्मिता स्याङ्तानले देशभक्तिले ओतप्रोत नयाँ गीत 'खरानीबाट उठेर' सार्वजनिक गरेकी...

Fwd: ‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो

कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान धलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ । चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति आभार र समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ । उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए । चलचित्रबारे आफनो संक्षिप्त प्रतिक्रिया दिँदै कम्पनीका एक प्रतिनिधिले भने, चलचित्रले नेपाली समाजको यथार्थ, विशेषगरी विदेशिने मोह र त्यसले पारिवारिक सम्बन्धमा पार्ने असरलाई सशक्त रूपमा चित्रण गरेको छ । त्यसैगरी चलचित्रले आफ्ना अभिभावकप्रति संवेदनशील बन्नु पर्ने सकारात्मक सन्देश दिँदै घर–परिवारको ममतामूलक सम्बन्धलाई पुनः सम्झाइदिएको छ ।

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको...

 ‘परान’ हेर्न दर्शकको ओइरो, अर्घाखाँची सिमेन्टको पनि साथ  

काठमाडौं। ‘परान’ ले चौतर्फी प्रशंसा पाउन थालेपछि हलहरूमा दर्शकको ओइरो नै लागेको छ। सामाजिक सञ्जाल पनि फिल्मको चर्चाले भरिएका छन्। फिल्ममा प्रस्तुत कथा र विषयवस्तुले...

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति...

‘अब जाग्नु पर्छ’ म्युजिक भिडियो सार्वजनिक 

हेम सरिता पाठक फाउन्डेसनले आज २०८२ कात्तिक २ गते डालो रेस्टुरेन्ट, अनामनगर,  काठमाडौंमा आयोजना गरेको ‘अब जाग्नु पर्छ’ म्युजिक भिडियोको सार्वजनिक कार्यक्रम सप्पन्न भयो ।...

इटहरीकी मेघा खड्का भईन् ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको बिजेता

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पुर्बेली आईकन’ दोश्रो संस्करणको ग्रान्ड फिनाले शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।...

समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

काठमाडौं — समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको...

मिसेस पुर्बेलि आइकन सिजन २’को ट्यालेन्ट राउण्ड सम्पन्न, फाइनल असोज २५ गते

इटहरी/ विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न...

दशैंको गीत ” टिका जमरा” सार्वजनिक गरिँदै

नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ” टिका जमरा” सार्वजनिक...