कोरोना संक्रमण देखिएपछि गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मका सबै पसल बन्द

१३ साउन, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा काठमाडौं महानगरपालिका–२७ महाबौद्धका दुई जना व्यवसायीमा कोरोनाभाइरस देखिएको छ ।

त्यहाँ व्यवसायी गर्ने दुई जनाका कोरोना संक्रमण देखिएपछि हिजो सोमबार वडाले सूचना जारी गरी उनीसँग सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ ।

संक्रमितहरू भारत घर भई हाल गोसिफलमा डेरा गरी बस्ने र गणेश मन्दिर नजिकै पसल गरी बस्ने धिरज शाह र रन्जु शाह छन् ।

व्यवसायीमा संक्रमण देखिएपछि अहिले सो क्षेत्रका पसल बन्द गरिएका छन् ।

वडाले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा सम्मको व्यवसायीको पिसिआर रिपोर्ट नआएसम्म सुरक्षा उपाय अपनाउन समेत अनुरोध गरेको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरूको स्वाब आज मंगलबार संकलन गरिने वडा कार्यालयले जानकारी दिएको छ ।